बुटवल–पाल्पा सडक खण्डमा तीन महिना टिपर चलाउन रोक

रुपन्देही । बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएकाे छ ।

सडक डिभिजन कार्यालय पाल्पाले तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

कार्यालयले जारी गरेको सूचनामा आगामी तीन महिना यो बाटोमा टिपर चलाउन रोकिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित