मानिसहरूलाई पूर्ण विश्वास छ कि प्रार्थनाले उनीहरूको समस्या समाधान गर्दछ। विहान उठेर हत्केलाको दर्शन गर्नाले हुन्छ दिन नै शुभ ।
हाम्रा दैनिक जीवनका पनि संस्कार छन् । दैनिक संस्कार पालना गर्न सक्यो भने जीवन सुखमय हुनसक्छ । दिनचर्याको शुरुवात जहिले पनि विहान उठेपछि हुन्छ । विहान उठ्ने वित्तिकै हामीले जे गर्छौ त्यसको प्रभाव दिनभरी रहन्छ । यहाँ विहान उठ्ने वित्तिकै गर्नु पर्ने दैनिक संस्कारको चर्चा गरिएको छ।
विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ । हरेक मानिस दिनभरी शान्त र प्रसन्न रहन चाहन्छ । यसका लागि हामीले उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्ने गर्यो भने दिनभरीको काम शुभ हुने शास्त्रमा उल्लेख छ । विहान उठ्ने वित्तिकै पुस्तक हेरे जस्तै गरी हत्केलाको दर्शन गर्दा दिनभर मन शान्त र प्रसन्न रहने उल्लेख छ ।
हत्केलाको दर्शन गर्ने तरिका :- हरेक बिहान आफ्नो ओछ्यानबाट उठ्नासाथ कुनै पुस्तक पढेजस्तो शैलीमा आफ्ना दुबै हातका हत्केलालाई आफूतिर फर्काउनुहोस् र हत्केलातर्फ निरन्तर हेर्दै यो मन्त्र जप गर्नुहोस् : कराग्रे बसते लक्ष्मी, करमध्ये सरस्वती, करमुले तु गोविन्द प्रभाते कर दर्शनम् ।
दिनभरी आफ्नो लागि सबै कामहरू गर्ने र आफ्नो जिन्दगी चलाउने तथा भाग्य बदल्ने मुख्य अंग नै हाम्रा हातहरू हुन् । तसर्थ हाम्रा हातहरूले सधैँ सकारात्मक काम गरेर सफलतातिर पुर्याउन भन्ने अपेक्षा गर्दै हरेक बिहान हत्केलाको दर्शन गर्नु हिन्दूहरूको मौलिक संस्कृति र परम्परा हो ।
शिक्षाः जब कुनै व्यक्ति कुनै स’मस्या वा कुनै दुवि’धामा पर्दछ, उसले सँधै परमेश्वरलाई सम्झन्छ र भगवानलाई प्रार्थना गर्दछ, हे परमेश्वर, कि तपाईंले उसलाई यस सम’स्याबाट बाहिर निकाल्न सक्नुहुन्छ वा हाम्रो समस्या कम गर्न कुनै तरिका देखाउन सक्नुहुन्छ।





















Discussion about this post