गृह मन्त्रालय र निहारिकाबीच ५ बुँदे सहमति, डीएनए परीक्षण गर्ने भएपछि तोडिन् अनसन

विभिन्न पाँचबुँदे माग राख्दै जेठ २७ गतेदेखि आमरण अनसनमा बसेकी महोत्तरी जलेश्वर–९ की सोनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन्। बिहीबार बेलुका सरकारसँग ५ बुँदे सहमति भएसँगै गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएर उनले अनसन तोडेकी हुन्।

गृह मन्त्रालयले प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने सहमतिसहित उनका माग सम्बोधन गर्ने सहमति भएको छ।

सहमति पत्रमा निहारिका र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने लगायतका सहमति भएको हो।

सहमति पत्रमा गृहका सहसचिव शिवराम पोखरेल, उपसचिव बसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन्।

यता उच्च अदालत जनकपुरले निहारिकाको मुद्दाका अभियुक्त शिवराज श्रेष्ठलाई झिकाउने आदेश दिएको छ। अदालतमा बिहीबार बसेको न्यायधीशद्वय गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले प्रत्यर्थी झिकाउन आदेश दिएको हो। उच्च अदालतमा मुद्दा दर्ता गराएपनि पेशी तोक्नमै ढिला भएको भन्दै उनले अनसन थालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित