पुष्पा फिल्मका नायक अल्लु अर्जुनविरुद्ध उजुरी

मुम्बई । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लु अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए । उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो ।

अहिले यिनै अर्जुन पुनः चर्चामा छन् । उनको यो चर्चा फिल्मले मात्र नभई एक विज्ञापनका कारणले हो । अल्लु एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् ।

सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लुको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै अल्लुलाई कारबाहीको माग गरेका छन् ।

उनले अल्लुविरुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीमा उजुरी दिएका हुन् । उनले आम मानिसलाई गलत सूचना दिएको भन्दै अल्लु र शैक्षिक संस्थानविरुद्ध मुद्दा चलाउनुपर्ने बताएका छन् । यसअघि अल्लु एक फूड डेलिभरी एपको मार्केटिङका लागि आलोचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित