मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता रमणीय र सुखद् यात्राको योग छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता दैनिक कार्यहरूमा प्रगति हुनेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । आफन्तसँग भेट घाट हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता लाभहानी, आयव्यय, सुख दुःख बराबरी खालको दिन रहनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । साताको मध्यमा पुँजी बजारमा नोक्सानी हुन सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो हप्तामा कुनै न् कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शेयर बजारको लगानी बाट दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो हप्ता नयाँ ठाउँमा भ्रमणको योग रहेको छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता लाभहानी, सुख दुःख बराबरी मध्यम खालको दिन रहनेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको सुरुका दिनमा आर्थिक तनाव बढेको महसुस हुनसक्छ । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भने जस्तो रुपैयाँ पैसा कमाउन सकिएला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । रोकिएको धन पाइन सक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता तीर्थाटनको योग छ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो हप्ता बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । भौतिक सुख पनि मिल्नेछ ।















Discussion about this post