पोखरादेखि लेखनाथसम्मको बिजुली तार अन्डरग्राउन्ड गरिने

पोखरादेखि लेखनाथसम्मको बिजुलीको तार अव अन्डरग्राउन्ड गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यहाँको तारलाई अन्डरग्राउन्ड गर्न लागिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेश सरकारसँगको भेटमा लेखनाथ सबस्टेसनबाट पोखरासम्मको बिजुली अन्डरग्राउन्ड गरिने जानकारी गराएका हुन् ।

त्यसका लागि पोखराको बिरौटामा अत्याधुनिक सवस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरेका छन् । अन्तका सबस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपर्ने उनको भनाइ छ ।

यो सवस्टेसन निर्माण पछि पोखरामा बिजुली जाने समस्या समाधान हुने बताइएको छ । प्रदेश सरकारले प्राधिकरणसँगको समन्वयमा उज्यालो प्रदेश कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यही आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणाको कार्यक्रम गरिने सरकारले जनाएको छ । घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई भेटेर उज्यालो प्रदेश घोषणा अभियानमा सघाउन प्राधिकरण तयार रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले अरू प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत् उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरले तत्कालै समन्वयमा काम गर्नुपर्ने उनको सुझाव छ ।

ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिबारे जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित