रासायनिक मल अभावको परिणाम : धादिङका किसानले यसरी २ ट्रक मल लुटे (भिडियो)

नेपालको मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटपाट गरेका छन् ।

शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ ।

सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजेपनि उनीहरुको केही सीप लागेन । भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् ।

उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छन् । भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्ने गरेको उजुरीपछि राजश्व विभागले छापा मारेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित