साप्ताहिक राशिफल : ४ राशिमाथि रहनेछ शनिको कुदृष्टि, यी २ राशिलाई खासै राम्रो देखिन्न यो साता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा माताका स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आफन्तहरूको मध्ये असमझदारी बढ्नेछ । साताको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ भने विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ । मनमा परोपकारको भावना जागृत हुनेछ । साताको अन्त्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा इष्टमित्र र प्रभावशाली व्यक्तिहरूको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ । नोकरी वा पेशामा सफलता मिल्नेछ । साताको मध्यमा धन लाभ हुनेछ । आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ । साताको अन्त्यमा सोचे अनुरुप परीक्षामा सफलता प्राप्त हुनेछ । भविष्यलाई लिएर नयाँ योजनाहरु बन्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा आफन्तहरूसँग मनमुटाव सुल्झिनेछ । धैर्यताको कमीले कार्य क्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला । साताको मध्यमा भावनामा आएर कुनै पनि नयाँ निर्णय नलिनुहोस् । अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला । जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा सन्तानको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर धेरै चिन्ता रहनेछ । पेटजन्य समस्या बढ्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला । साताको अन्तिममा आयार्जनका स्रोत फेलापर्नुका साथै मानसम्मानमा वृद्धि हुनेछ । सामाजिक कार्यले छरछिमेकीहरूबाट प्रशंसा पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ । साताको मध्यमा स्वरोजगारको नयाँ मार्ग प्रशस्त हुनेछ । बाणीको माध्यमले अरुलाई प्रभावित पार्न सकिनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा लगनशीलताले उचित परिणाम मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा आकस्मिक धन लाभका योग छन् । सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ । कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ । साताको मध्यमा विद्यार्थीहरूलाई पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोस् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा नोकरी वा पेशामा एकाग्र भएर कार्य गर्नुहोस्, सफलता मिल्नेछ । व्यापार व्यवसायमा साझेदारीसँग मनमुटाव सुल्झिनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिकित्सकको सल्लाह लिनुहोस् । आर्थिक पक्ष सबल रहनेछ । साताको अन्तिममा धर्म कर्ममा रुचि बढ्नुका साथै आध्यात्मिकतर्फ झुकाव रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्नुहोस् । उच्च शिक्षालाई लिएर नयाँ योजनाहरूको कोरिनेछन् । साताको मध्यमा काममा सीनियर र जुनियर दुबैको सहयोग मिल्नेछ । आफ्नो विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । साताको अन्तिममा शेयर बजारबाट लाभ हुनेछ । दाजुभाईमा आत्मीय भाव पढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा यात्रा अलि कष्टदायी रहनेछ । स्वास्थ्यलाई लिएर टाउको दुख्ने वा हड्डी दुख्ने समस्याले सताउनेछ । साताको मध्यमा पहिला गरेका कामबाट प्रशस्त लाभ आर्जन गर्न सकिनेछ । व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन् । साताको अन्तिममा कुनै विशेष समारोह आदिमा सहभागी हुने मौका मिल्नेछ । राजनीतिक क्षेत्रमा प्रशंसकहरु बढ्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा कामकाजमा धेरै खटिनुपर्ला । समय सफलतादायक रहनेछ । गरेको कामको जस पाउनुहुनेछ । साताको मध्यमा समयमा सही निर्णय नलिँदा परिस्थितिवस पछाडि परिएला । पारिवारिक सद्भावमा कमी आउनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ । भाग्यको साथले नयाँ प्रबन्ध जुटाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा भौतिक संसाधन जुटाउन सफल भइनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । साताको मध्यमा व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ । साझेदारी व्यापारमा लाभ रहनेछ । साताको अन्तिममा नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । कार्य क्षेत्रमा कार्य दोहोर्याएर गर्नुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा विश्वास पात्रबाट दु:ख पाइएला । नियमित कार्य सम्पादन गर्नमा बाधा आउनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । साताको अन्तिममा परिश्रम र लगनशीलता लक्ष्य प्राप्तिमा सहायक हुनेछ । विद्यार्थीहरूलाई परीक्षामा सोचे अनुरुप परिणाम प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित