जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष
साताको प्रारम्भमा रचनात्मक कार्यतर्फ मन जानेछ । आफ्नो प्रतिभा उजागर गर्ने अवसर प्राप्त हुनेछ । साताको मध्यमा नेतृत्व क्षमतामा र अभिव्यक्ति कौशलमा उल्लेखनीय सुधार देखिनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । साताको अन्तिममा आफ्नो विचार मात्र सही ठान्ने प्रवृत्तिले परिवारमध्य सानो मतभेद निम्त्याउन सक्छ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।

वृष
साताको प्रारम्भमा नयाँ सम्पर्कहरूबाट लाभ लिन सकिनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । साताको मध्यमा मानसिक रूपमा दृढता बढ्नेछ र निर्णय क्षमतामा स्पष्टता आउनेछ । बोलिको माध्यमले कार्य सिद्ध हुनेछ । साताको अन्तिममा भाग्यको साथ मिल्नाले जटिल कार्य पनि समयमा सम्पादन गर्न सकिनेछ । साहसिक निर्णयले जीवनको दिशा बदल्ने अवसर प्राप्त हुनेछ ।

मिथुन
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । अध्यात्म ज्ञानलाई निखार्ने अवसर रहेको छ । साताको मध्यमा मानसम्मानमा वृद्धि हुनेछ भने जीवन साथीको सहयोगले व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । साताको अन्तिममा यात्रा खर्चिलो वा कष्टपूर्ण हुन सक्छ । श्रमको उचित मूल्याङ्कन पाइनेछ ।

कर्कट
साताको प्रारम्भमा माननीय जनहरूको सुझावले विशेष कामको सम्पादन हुनेछ । प्रशासनिक वा राज्यपक्षबाट सहयोग मिल्ला । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । अनावश्यक काममा अलमलिदा कार्य क्षेत्रमा पछि परिनेछ । साताको अन्तिममा नयाँ वस्त्र आदिले सौन्दर्यमा निखार आउनेछ । सम्मानित कार्यले समाजमा नाम स्थापित हुनेछ ।

सिंह
साताको प्रारम्भमा कार्य क्षेत्रमा नयाँ अवसरहरू पाउन संघर्ष गर्नुपर्ला । नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन् । साताको मध्यमा कृषि वा पशुपालनमा राम्रो लाभार्जन गर्न सकिएला । महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछ । साताको अन्तिममा मेहनतीहरूको लागि समय उत्साहवर्धक रहनेछ ।

कन्या
साताको प्रारम्भमा धर्म कर्ममा प्रवृत्त भइएला । नोकरी वा पेसामा कार्यको उचित मूल्यांकन हुनेछ । साताको मध्यमा प्रशासनिक र औपचारिक क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । पिताको कार्य क्षेत्रमा सम्मान बढ्नेछ । साताको अन्तिममा अभिव्यक्तिको कलामा निखार आउनेछ भने सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ ।

तुला
साताको प्रारम्भमा महत्वपूर्ण योजनाहरू सार्वजनिक नगर्नुहोला, समस्या निम्तिएला । भौतिक संसाधन जुटाउन संघर्ष गर्नुपर्ला । साताको मध्यमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । पुरानो मठ मन्दिर आदिमा भ्रमणको योग रहेको छ । साताको अन्तिममा पिताको सहयोगले महत्त्वपूर्ण कार्य सम्पादन हुनेछ । लगनशीलताले शत्रु आफै पछि हट्नेछन् ।

वृश्चिक
साताको प्रारम्भमा सेवामूलक कामबाट लाभ आर्जन गर्न सकिएला । आफन्तहरू मध्य चलिरहेको मनमुटाव सुल्झिनेछ । साताको मध्यमा सामाजिक र प्रतिष्ठित कार्यले धेरैको मन लोभ्याउन सकिनेछ । खानपिनमा ध्यान दिनुहोला । साताको अन्तिममा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ । अवसरवादीहरूले कमजोरीको फाइदा उठालान्, सावधान रहनुहोस् ।

धनु
साताको प्रारम्भमा नयाँ योजना तथा यात्राको अवसर प्राप्त हुन सक्छ । रोकिएका कामहरूमा गति आउने समय रहेको छ । साताको मध्यतिर आर्थिक पक्ष बलियो बन्नेछ भने परिवारजनबाट सहयोग मिल्नेछ । प्रेम तथा वैवाहिक सम्बन्धमा आत्मीयता बढ्नेछ । साताको अन्तिममा स्वास्थ्यमा सामान्य कमजोरी वा थकान अनुभव हुन सक्छ । खानपिनमा विशेष ध्यान दिनुहोला ।

मकर
साताको सुरुवातमा कार्यक्षेत्रमा जिम्मेवारी बढ्ने संकेत देखिन्छ । मेहनत अनुसारको प्रतिफल पाउन केही समय कुर्नुपर्नेछ । साताको मध्यमा व्यापार तथा वैदेशिक कार्यमा लाभ मिल्नेछ । मित्रजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ । विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय छ । साताको अन्त्यतिर अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा सावधानी अपनाउनुहोला ।

कुम्भ
साताको प्रारम्भमा सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध भविष्यका लागि लाभदायी बन्न सक्छ । साताको मध्यतिर कामको चाप बढेपनि सफलता हात पर्नेछ । बोली व्यवहारमा संयमता अपनाउनु राम्रो हुनेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । साताको अन्तिममा यात्राको सम्भावना रहेको छ भने स्वास्थ्यमा सामान्य चिसो वा थकानको समस्या देखिन सक्छ ।

मीन
साताको सुरुवातमा मनमा उत्साह र आत्मविश्वास बढ्नेछ । पुराना योजना सफल हुने संकेत देखिन्छ । साताको मध्यमा आर्थिक लाभ तथा शुभ समाचार प्राप्त हुन सक्छ । परिवारमा रमाइलो वातावरण बन्नेछ । विद्यार्थी तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूलाई राम्रो अवसर प्राप्त हुनेछ । साताको अन्तिममा हतारमा निर्णय गर्दा विवाद आउन सक्ने भएकाले सोच विचार गरेर अघि बढ्नुहोला । धार्मिक कार्य तथा गुरुजनको आशीर्वाद लाभदायी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित