नापी कार्यालयका बिचलौया पाण्डे १ लाख २५ हजार घुससहित पक्राउ

वीरगन्जस्थित नापी कार्यालय पर्साका एक जना बिचौलिया सेवग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ मुर्ली घर भएका ६० वर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेका छन्।

निजामति कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिँदै आएका पाण्डे घुस रकमसहित मङगलबार पक्राउ परेका हुन्।

सेवाग्राहीले दिएको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वममा खटिएको प्रहरी टोलीले वीरगन्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पाण्डेलाई रंगेहात पक्राउ गरेको हो।

वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणवा निवासी राजनारायण झा, नयाँ नापीको लालपुर्जाका लागि विगत तीन महिनादेखि नापी कार्यालयमा धाउँदै आएका थिए। नापी कार्यालयका कर्मचारीले अनेक बहानामा झाको काम गर्न आलटाल गरेपछि पाण्डेको सम्पर्कमा पुगेका झालाइ पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएका थिए। त्यसका लागि पाण्डेले झासँग घुस बापत १ लाख २५ हजार रुपैयाँ मागेका थिए।

पाण्डेले माग गरेको रकम बैंकबाट रकम निकालेर उनलाइ बुझाउने क्रममा पाण्डेलाइ प्रहरीले रंगे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। पक्राउ परेका पाण्डेविरुद्ध ठगी कसुरमा कारवाही अगाडि बढाईने प्रहरी उपरीक्षक बस्नेतले बताए।

पक्राउ परेका पाण्डे नापी कार्यालयका कर्मचारीको मिलोमतोमा वर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाकसमेत लगाएर बस्ने गरेका थिए। मङगलबार पाण्डे पक्राउ परेपछि नापी कार्यालयले झालाई लालपुर्जा तत्काल उपलब्ध गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित