झलनाथ खनाललाई उपचार गर्न ५८ होइन, ८९ लाख दिएका हौंः परराष्ट्र मन्त्रालय

पूर्व प्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र २०७८/०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ दिइएको खुलेकाे हो।

खनालको उपचार खर्चबारे सागर जोशीले माग गरेको सूचनाको जवाफमा मन्त्रालयले भनेको छ, “…पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको क्रममा लागेको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भए बमोजिम उहाँको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा आर्थिक वर्ष २०७७/०७८ मा रु.३१ लाख र आर्थिक वर्ष २०७८/०७९ मा रु‍.५८ लाख ५२ हजार गरी जम्मा रु.८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा प्राप्त भइ नेपाली राजदुतावास नयाँ दिल्ली पठाईएको।”

खनालको सम्पूर्ण उपचार खर्च ८१ लाख ३५ हजार ९५३ रुपैयाँ ६० पैसा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। बाँकी रहेको आठ लाख १६ हजार ४७ रुपैयाँ कता गायब भयो, खुलेको छैन।

यसरी उपचार खर्च लिनु सरासर गैरकानूनी हो। किनभने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि  कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइनेछैन’ भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित