सिन्धुली-२ बाट ग्रिस्म ल्वागुनले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा

सिन्धुली । आगामी संघीय निर्वाचनका लागि सिन्धुली जिल्लाको क्षेत्र नं २ बाट ग्रिस्म ल्वागुनले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएकाे छ ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका २९ वर्षिय ग्रिष्मले आफू विजयी भएमा कपास उद्योग खोलेर ठूलो संख्यामा रोजगारी सिर्जनागरि देशलाई आत्मनिर्भर बनाउने घोषणा गर्नुुभएको हाे।

कमलामाई नगरपालिका-५ मधुटारका ग्रिस्म ल्वागुनले कपास उद्योग स्थापना गरी रोजगारी सिर्जना गरेर आयातित हुने कपडालाई विस्थापन गर्ने नीति समेत लिनुभएकाे छ।

युवा उम्मेदवार ग्रिष्मले कपासबाट कपडा उद्योगमा परिणत भएर संचालनमा आएको दिन जीवनकै आनन्द हुने बताउनुभएकाे छ । सिन्धुलीका कुनाकन्दरा, पाखापखेरा, वनजंगल, जताततै कपास खेती हुने आफूले अध्ययन गरेको दावी उहाँकाे तर्क छ ।

उहाँले घरमै बसेर पैसा कमाउने उत्तम मेलोमा सिन्धुलीवासीलाई सहभागी गराउने आफ्नो उत्कृट चाहनालाई मतदान गरेर विजयी बनाई पूरा गरि दिन सबैमा आग्रह गर्नुभएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित