- नम्रता ढकाल
आफ्नै सपनाको अन्धकारमा हराएकाे मान्छे हुँ म
आफ्नै भावनाहरूकाे बहावबाट बगेको मान्छे हुँ म
आफ्नै पाइलाहरूबाट गन्तव्य बञ्चित भएको मान्छे हुँ म
हराएको गन्तव्यकाे खाेजिमा यहाँ,त्यहाँ भैतारिरहेकाे मान्छे हुँ म
आफ्नै नजिकैकाहरूबाट धेरै टाढिएकि यात्री हुँ म
आफुले आफैलाई प्रेम गर्न नसकेकि असफल प्रेमि हुँ म
दिनहुँ आफ्नै रहरहरूकाे मलाम जाने मलामि हूँ म
तिनै रहरहरूकाे दाहासस्कार क्रियापुत्रि हुँ म
हुँदै नभएकाे आशा र भराेसामा बसिरहेकाि मान्छे हुँ म
जिन्दगीको हरेक चाेटहरूसँग ठक्कर खादै हिँडेकि मान्छे हुँ म
हास्ने सारा रहरहरूलाई निराशामा डुबायकि मान्छे हूँ म
झिनाे आशालाई निराशामा बदलि उभिएकी मान्छे हुँ म
मलाई आदरणिय बन्नु नै छैन
मलाई कुर्सीको लडाइँ लडनु नै छैन
मलाई आलिशन महलमा बस्नु नै छैन
मैले कसैका लागि कृत्रि रच्नु नै छैन
मलाई ब्रान्डेड कपडा लगाउनु नै छैन
मैले स्वार्थको धनसम्पति कमाउनु नै छैन
मैले म भित्रकाे “म” लाई चिन्नु छ
२/४ जना जन्ति अनि मलामि किन्नु छ
भाइ र बहिनि कलिला मुनाकाे पहरा बन्नु छ
बुढेसकालमा बाबुआमाकाे सहारा बन्नु छ
म सानाे सपनाले जिन्दगी सामान्य बनाउन चाहन्छु
सुखि हाेइन खुसि भएर आफ्नाे अस्तित्व जनाउन चाहन्छु
जिन्दगी भन्नू भुल्ने,भुलाउने साथि न रहेछ
टुटेको सपना मिलाउदै माथि लाने न रहेछ
बाेकेर सपनाको भारि खै कहाँ पुग्छु हाेला?
घाइते याे खुट्टा लतारि खै कहाँ पुग्छु हाेला?
गन्तव्यहिन हतारिदै छन,यी पाइलाहरू
बेकामे बनी उडिरहेछन आफ्ना साेचाइहरू
जमिरहेका पिडाका ढिक्काहरूलाई भित्र कतै लुकाई
कृत्रिम हाँसो हास्दै फैलिएका छन यी ओठहरू!!















Discussion about this post