नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण, गरे दुई निर्णय

नवनियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्ने क्रममा दुई निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै पर्यटन मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्ने क्रममा दुई महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।

उनले विश्व संम्पदा सूचीमा परेका हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । श्रेष्ठले आफू सांसद हुँदादेखि सुरु गरेको कामलाई पुरा गर्नेगरी उक्त निर्णयमा हस्ताक्षर गरेको बताए ।

सोही शीर्षकमा काम गर्नेगरी डिपिआर सहित बजेट समेत विनियोजन भइसकेको छ । त्यस कार्यलाई तिव्रता दिनेगरी निर्णयमा हस्ताक्षर गरेका हुन् । यस्तै कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएपछि अध्ययन प्रतिवेदन समेत तयार भइसकेको छ ।

ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा मन्त्री श्रेष्ठले हस्ताक्षर गरेका हुन् । पर्यटन क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने श्रेष्ठले बताए । आफूले गरेको पहिलो निर्णयलाई दृढताका साथ पुरा गर्ने बचन उनले दिएका छन् ।

यो पनि पढ्नुहोस
अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ?

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

फेरि उनीहरू माइतीघरमा आएर ‘हामी यहाँ छौँ’ भन्नका लागि के नयाँ सरकार गठनकै प्रक्रिया सुरु हुनुपर्ने हो ? यस वेला उनीहरूलाई आम नागरिक एकै प्रश्न सोधिरहेका छन्, ‘तपाईँहरू कहाँ हुनुहुन्छ ?’ जवाफ दिनु पर्छ कि पर्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित