काठमाण्डौमा हैजाको त्रास : ‘डीएफटीक्यूसी’ नम्बर उल्लेख भएको जारको पानीमात्र पिउन आग्रह

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा प्रयोग भइरहेको सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इक्रोलाई’ भेटिएपछि सरकारले उपभोक्ता सचेत गराएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज एक सूचना प्रकाशित गर्दै प्रशोधित पिउने पानीको बोटल र जारको लेवलमा ‘डीएफटीक्यूसी’ नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेरमात्र प्रशोधित पिउने पानी उपभोग गर्न सचेत गराएको गरेको हो।

डीएफटीक्यूसी नम्बर उल्लेख नभएको र बिक्री सिलबन्दी नभएको जार वा बोटलको पानी उपभोग नगर्न विभागले आग्रह गरेको छ। यसैगरी विभागले गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयहरुबाट अनिवार्य रुपमा खाद्य ऐन नियमनअनुसार अनुज्ञापत्र लिई नवीकरण अद्यावधिक गराई मात्र उत्पादन तथा बिक्रीवितरण गर्न प्रशोधित पिउने पानी उद्योगहरुलाई निर्देशन दिएको छ।

अन्यथा खाद्य ऐन नियमअनुसार कारबाही हुने विभागले चेतावनी दिएको छ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित