पेट्रोल पम्पको काउन्टर फोडेर ५ लाख चोरी

उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउण्टरबाट नगद चोरी भएको छ । काउन्टर फोडेर नगद चारेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल छन् । आरोपीहरुलाई मंगलबार दिउँसो पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।

आरोपीहरुले काउन्टरको ताला फुटाएर ५ लाख ६१ हजार नगद चोरेको पम्प संचालकको अरोप छ । आरोपीहरुको साथबाट प्रहरीले ५० हजार ७ सय रुपैयाँ नगद बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित