महाकाली सन्धिमा पाउने भनिएको पानी २६ वर्षपछि आयो

महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ । बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सो नहरको पानीले रोपाइँ गरेर नहर उद्घाटन गरे ।

नेपालले महाकाली सिँचाइ तेस्रो चरण आयोजनाअन्तर्गत नहर निर्माण कार्य आर्थिक वर्ष २०६३/६४ बाट सुरु गरे पनि पानी ल्याउन महाकाली नदीसम्म पुग्ने एक हजार दुई सय मिटर नहर भारतीय क्षेत्रमा पर्ने भएकाले भारतीय पक्षले बेवास्ता गर्दा आयोजना सुस्त गतिमा अगाडि बढेको थियो ।

दुई वर्षअघि तत्कालीन ऊर्जा सचिव दिनेशकुमार घिमिरेको भारत भ्रमणका क्रममा सहमति गरेपछि भारतले आफ्नो क्षेत्रमा पर्ने सम्झौताअनुसार बनाउनुपर्ने नहर निर्माण गरेको छ ।

नेपालले पनि तीव्र गतिमा काम अगाडि बढाएको र योजना तोकिएकै समयमा पूरा हुने सिनियर डिभिजन इन्जिनियर शम्भुराज पण्डितले बताए । उनले भने, “१५१ किलोमिटर निर्माण हुने नहरको हामीले अहिलेसम्म १६ प्रतिशत काम पूरा गरिसकेका छौँ ।” यो समाचारगोरखापत्र दैनिकमा छ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित