नीताले मनाइन् बिहे अघिको ब्याचलर पार्टी, असार २४ मा बिहे

नायिका नीता ढुंगानाले असार २४ गते बिहे गर्ने भएकी छिन्। ज्योतिष हरिहर अधिकारी र नीताले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।याक एण्ड यति होटलमा असार २४ गते लगनगाँठो कस्दै छन्।

आफ्ना नजिकका साथीलाई बोलाएर नीताले बुधबार ब्याचलर पार्टी मनाएकी छिन्। ब्याचलर पार्टी मनाएकी नीता केकी अधिकारी र वर्षा शिवाकोटीको विवाह शैलीबाट प्रभावित भएको देखिन्छ।

नीताले पनि आफ्नो बिहेमा मिडिया प्रवेशमा रोक लगाउने तयारी गरेकी छिन्। असार २५/२६ गते याक एण्ड यति होटलमा नै दिने बिहेको पार्टीमा भने फिल्मकर्मी र मिडियाकर्मीलाई पनि निम्ता दिने उनको तयारी छ। बिहे लगत्तै नीता र हरिहर फिल्म छायांकनमा निस्कने तयारीमा छन्।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित