अर्थमन्त्रीले गभर्नरलाई लौन हजुर सेयर बजार बढ्ने गरि निती ल्याइदिनु पर्यो भनेर विन्ती बिसाएपछि…

बजेट बनाउँने बेलामा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको गम्भिर आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गरेका छन् ।

राष्ट्र बैंकले आगामी आर्थिक बर्षका लागी मौद्रिक निती ल्याउँने तयारी गरिरहेका बेला अर्थमन्त्री शर्माले गर्भनर अधिकारीसँग लामो कुराकानी गरेका छन् । मौद्रिक नितीको बिविध बिषयमा अर्थमन्त्री र गभर्नर विच कुराकानी भएको बताइएको छ ।

कहि बिषयहरुमा भने अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग बिशेष अनुरोध गरेको बताइएको छ । सेयर बजार घटाएको गम्भिर आरोप खेपिरहेका अर्थमन्त्री शर्माले सेयर बजार बढ्ने गरि मौद्रिक निती ल्याइदिन पनि गभर्नरसँग अनुरोध गरेको खबर छ ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहँदा बुधबार अर्थ मन्त्रालयमा मन्त्री शर्मा र गभर्नर अधिकारीबीच छलफल भएको हो।उक्त छलफल मौद्रिक नीतिबारे केन्द्रित रहेको मन्त्रालय स्रोतले बतायो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल पनि सहभागी थिए।

अर्थमन्त्री शर्माले सेयरबजारमा सेयर धितो कर्जामा ४–१२ को नीति राख्दा सेयरबजारमा गिरावट आएकाले सम्बोधन गर्न भनेका थिए। त्यस्तै उनले बैंकरहरुले उठाएको सीडी रेसियोमा खुकुलो नीति लिन गरेको मागलाई ध्यान दिन आग्रह गरेका थिए।

मन्त्रीले यस्तो आग्रह गरेपछि गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई अहिलेको अर्थतन्त्रअनुसार कसिलो नीति नै उपयुक्त हुने देखिएको जवाफ दिएका थिए। योजना आयोगका उपाध्यक्ष पौडेलले बजेटरी कार्यक्रमलाई सहयोग पुग्ने मौद्रिक नीति आवश्यक रहेको बताएका थिए।

पछिल्लो समय केन्द्रीय बैंकले चालू आवमा अख्तियार गरेको मौद्रिक नीतिलाई लिएर बैंकर तथा सेयर लगानीकर्ता गभर्नर अधिकारीप्रति असन्तुष्ट छन्।निरन्तर सेयरबजार ओरालो झरिरहँदा अर्थमन्त्री शर्माले राष्ट्र बैंकका नीति संशोधन हुनुपर्नेमा निरन्तर जोड दिँदै आएका छन्। सेयर लगानीकर्ताहरुले पनि मन्त्री शर्मालाई पटक पटक दबाव दिइरहेका छन् । अर्थमन्त्रीको प्रस्तावलाई गभर्नरले भने सकारात्मक जवाफ दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित