कैलालीको धनगढी बजार डुबानमा

कैलालीको धनगढी बजार डुबानमा परेको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका ३ को मिलनचोक, विद्युत प्राधिकरण कार्यालय र पछाडि रहेका घरहरु डुबानमा परेका हुन् ।

विद्युत कार्यालय जलमग्न भएपछि महसुल बुझाउन जाने सेवाग्राहीहरु समस्यामा परेका छन् । उपमहानगर वडा नम्बर ३ मा नाली निकासमा समस्या भएपछि बजार डुबानमा परेको स्थानीयवासीहरुको भनाई छ ।

यसअघि स्थानीयवासीले उपमहानगरपालिका वडा नम्बर २ तर्फबाट पानी निकासको माग गर्दै आएपनि कुरा नमिलेपछि समस्या आएको उनीहरुको भनाई छ ।

पानी निकासका लागि तीन करोड लगानी गरेर बनाइएको अस्थायी नालाबाट पनि पानी निकास नभएपछि समस्या आएको उनीहरुको गुनासो छ । बजार क्षेत्र डुबानमा परिरहेका बेला नगर प्रमुख भने काठमाडौमा रहेका छन् ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित