जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको हो ।
प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ ।
त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी,३०५, दलित १६४ र पिछडा वर्गका लागि ५३ गरी कुल २ हजार ४७४ जनाको लागि भर्ना खुलेको छ ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।
कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?
माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?





















Discussion about this post