ओमिक्रोन भेरियन्टको बीए फाइभ पुष्टि

पछिल्लो समय नेपालमा कोरोना भाइरस (काभिड–१९) का संक्रमितको सङ्ख्या बढ्दै जाँदा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको छ । धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा ओमिक्रानको भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको अस्पतालले जनाएको छ ।

धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा अर्थात् जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेकुस्थित राष्ट्रिय प्रयोगशालालाई जानकारी छैन ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले भने, ‘धुलिखेल अस्पतालमा तीन दिनअघि ओमिक्रोन भेरियन्टको उपप्रजाती बीए फाइभ पुष्टि भएको सुन्न आएको थियो । तर, रिपोर्टिङ कहाँका व्यक्ति केहीले पुष्टि भएको हो त्यसबारे जानकारी आएको छैन ।’

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाले संक्रमितहरुको अनुविंशक परीक्षणलाई जारी राख्ने बताइन् । उनी भन्छिन्, ‘अहिलेसम्म ओमिक्रोनको नयाँ उपप्रजाति पुष्टि भएको छैन् ।’ उता स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म संक्रमितहरुको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएको जनाकारी नपाएको बताए ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित