भोलीको राशिफल : असार २४ गते शुक्रबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
रुपैँया पैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसँग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । सवारी तथा हात हतियारको उपयोग सावधानी साथ गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनु होला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
उत्तम रोजगारी मिल्नेछ । नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला । आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । रिसको कारणले हातमा आएका अवसर गुम्न सक्छन् ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । नसोचेको ठाँउबाट आर्थिक लाभ पनि होला । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवन साथीलाई पनि केही पीडा हुने दिन रहेको छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
सहयोगीहरूबाट उचित सहयोग पाइनेछ । पारिवारिक असमझदारी र बन्धुबान्धबसँग मनमुटाव पनि होला । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । घरमा सामान्य मनमुटाव होला । केही दण्ड–जरिवानाको पनि सम्भावना छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ । अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नशा, जोर्नी वा घुडा सम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
पढाइ लेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । नोकरीमा पदोन्नति, व्यापार व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हात लागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ । सन्तानबाट प्रसन्नता मिल्नेछ । साथै, टाढाको यात्रा पनि होला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
मानहानि वा अपजशको सम्भावना छ, कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ । धनधान्य लाभ, कृषि कर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ, बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, होस पुर्याउनु होला । निजी व्यवसाय र कृषि कर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
भूमि, घर अथवा वाहन प्राप्तिको योग छ । अनावश्यक खर्च, कर्जा र चोट पटकका लाग्न सक्छ, सावधान रहनु होला । यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभ चिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरी हुनेहरूका लागि पदोन्नतिको समय छ, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित