असार २५ देखि ३२ गतेसम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस् साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो सातामा शुभकार्यको चर्चा चल्नेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ । आस्था बढेर जानेछ । सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साताबाट सामाजिक कार्यमा सफलता मिल्नेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्यमा सफलता मिल्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणय सम्बन्ध प्रगाढ समेत हुने समय छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । सामान हराउने वा चोरी हुने सम्भावना छ । रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता रमाइलो यात्राको योग रहेको छ । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता समयमा होस नपुग्नाले काम रोकिन सक्छ । कसैले झुटो आश्वासन दिन सक्छन् । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बुधवारबाट घरमा अतिथिको आगमन हुनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै परोपकारका क्षेत्रमा लगानीको समय छ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता प्राविधिक र जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता शेयर बजारबाट राम्रो सफलता मिल्ला । अध्ययन अध्यापन सफल रहनेछ । बुद्धिको उपयोगले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा अरुले भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । मध्य साताबाट रमणीय र सुखद् यात्राको योग छ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफन्तले सहयोग गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित