दाँतमा कहिल्यै लाग्दैन कीरा, किन दाँतमा कीरा लाग्यो भनिन्छ, यस्तो छ वास्तविकता

साधारणतया दाँतमा कीरा लाग्छ भन्ने गरिन्छ। तर हामीले गरेको अध्ययन अनुसार कीरा लाग्दैन। यो एक विभिन्न व्याक्टेरीयाले उत्पादन गर्ने एसिडले दाँत खियाएर भित्री भागसम्म पुग्ने प्रक्रिया हो। पहिला पहिला हामीले सम्झाउन ‘दाँतमा कीरा लाग्यो’ भन्दा भन्दै दाँत सड्नुलाई कीरा लागेको भन्न थालियो। ठ्याक्कै कीरा देखाउनु पर्‍यो भने त्यो सकिन्न।

हामीले बिहानदेखि बेलुकासम्म विभिन्न खानेकुरा खाइरहेका हुन्छौं। खाँदाखेरि दाँतमा गुलियो पदार्थ, कार्बोहाइड्रेट लगायतले उत्पादन गर्ने एसिडले दाँतलाई गलाउँछ।

हामीले धेरै गुलियो पदार्थ खाइरह्यौं र दाँत पनि सफा गरेनौं भने धेरै एसिड उत्पादन हुन्छ। जसले बिस्तारै दाँतलाई खियाएर कमलो बनाउँछ। दाँत सड्न बच्चा जन्मेको ६ महिना वा १ वर्ष देखिनै सुरू हुन्छ।

दुधे दाँतमा यस्तो सम्भावना अझ धेरै हुन्छ। तर बच्चाको दाँत साटिने भएकाले त्यसले धेरै असर गर्दैन। तर नसाटिने दाँत सुरूमै सड्न थाल्यो भने त्यसले पछिसम्म असर गर्छ।

बच्चालाई धेरै गुलियो खान दिइएन र राति ब्रस गर्न लगायौं भने दाँत सड्नबाट रोक्न सकिन्छ। ब्रस गर्न नसके पनि गुलियो खान नदिने र कम्तिमा कुल्ला गराएर मात्र सुताएमा पनि दाँतलाई स्वस्थ्य राख्न सकिन्छ।

अन्य उमेर समूहका व्यक्तिले दिनमा दुई पटक दाँत माझ्ने हो भने दाँत स्वस्थ्य रहन्छ। तर हामी यति धेरै हतारिन्छौ कि हामीलाई दुई मिनेट ब्रस गर्ने फुर्सद हुँदैन। त्यसैले राम्रोसँग दाँत नै माझ्दैनौं।

धेरै गुलियो खाने, चकलेट र आइसक्रिम खाने व्यक्तिलाई दाँतको समस्या धेरै आइरहेको हुन्छ। सकेसम्म दाँतमा अलिकति कालो र खाल्डो जस्तो देखियो भने तत्कालै नजिकको दन्त चिकित्सककहाँ गएर उपचार गर्नुपर्छ।

दाँत सड्न ठूलो खाल्डोको रूपमा भइसक्यो भने भरेर मात्रै हुँदैन। त्यस्तो अवस्थामा बिरामीलाई धेरै असर गरेको हुन्छ। त्यसैले आरसिटी गर्नुपर्छ। त्यसैले ढिलो गर्नुभन्दा उपचार गर्नु राम्रो हुन्छ।

दाँतमा देखिने धेरै समस्या मध्ये दाँत सड्नु प्रमुख समस्या हो। नेपालमा यसको अनुसन्धान भएको छैन। तर बाहिरी मुलुकलाई आधार मान्ने हो भने दाँतको समस्या भएका मध्ये ६० प्रतिशत भन्दा धेरैलाई दाँत सड्ने समस्या हुन्छ।

दाँतमा कीरा लाग्छ भन्ने विषयमा केन्द्रीत रहेर हामीले सेती प्रादेशिक अस्पतालमा कार्यरत दन्त रोग विशेषज्ञ डा अमृत राज जैशीसँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित