१३ करोडको लागतमा निर्माण हुँदै गरेको पुल निर्माणकार्य पूरा नहुँदै चर्कियो

जुम्ला र कालिकोट जोड्ने सिंजाखोला पुलको निर्माण कार्य सम्पन्न नहुँदै चर्किएको छ । पुलको निर्माण कार्यको ढलानसमेत गरिसकिएको भए पनि चर्किएर खतरा अवस्थामा पुगेको हो । पुल निर्माणको क्रममा (प्रि स्टेट गर्दा खेरी) चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले स्वीकार गरेको छ । सड्क डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माकाअनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल संयुक्त रूपमा १३ करोडको लागतमा निर्माणको जिम्मा दिइएको थियो ।

सिञ्जाखोलाको उक्त फरक प्रविधिको पुल प्रि टेष्ट गर्न खोज्दा चर्किएको इन्जिनियर शर्माले जानकारी दिए । इन्जिनियर शर्माले भने ठेक्का नम्बर ३ को उक्त सिञ्जाखोला र छिडेना पुलको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि सुर्खेतले काम गर्ने जिम्मा लिएको थियो ।

२०७४ कार्तिक ३० गते सम्झौता गरिएको उक्त पुल २०७५–१२–१४ मा सम्पन्न गरी सक्ने सम्झौता थियो । उक्त पुल डिजाइनमा समस्या भएपछि फेरी रिडिजाइन गर्नुपरेको थियो । यो वर्ष भने पुल सञ्चालनमा ल्याउने तयारी थियो । तर प्रि टेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ । उनले भने, ‘छिडेनाको पुल भने सम्पन्न भइसकेको छ ।’

यो पुल फरक किसिमको प्रविधिको पुल भएकाले २८ दिनमा तान्ने गरिन्छ । सोही क्रममा चर्किएको हो । अब केही समस्या आएको र यसका लागि भारतबाट विज्ञ टिम ल्याएर निर्माण गरिने भएको छ । साउन ६,७ गते जुम्लामा भारतको इन्जिनियरको टिम पुग्छ । नचर्किएको भए साउन महिनामै गाडी गुड्थ्यो तर अब दसैँमा गाडी गुड्ने देखिन्छ । पुलको भित्र ग्राउटिङ गर्नुपर्ने हुन्छ ।

सड्क डिभिजनका अनुसार कमसल सामग्री नभएको तर प्रिस्ट्रेस पुल नयाँ भएकाले स्किल टिमले फरक गर्छौं । सो पुलको अहिलेसम्म तीनपटक पुलको म्याद थपि सकिएको छ । रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीले बताएको छ । सिञ्जाखोला पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर छ । यो पुलले ५० टन लोड धान्ने बताइएको छ ।

निर्माण सम्पन्न नहुँदै पुल चर्किएपछि स्थानीय त्रसित भएका छन् । सोही स्थानमा लामो समय अघि निर्माण भएको बेलिब्रिज पुल जीर्ण भइसकेको छ । सो पुल निर्माण निर्माण भएपछि चाडै गाडी गुडाउने सपना फेरि धकेलिएको छ । सड्क सञ्जाल जोडिएपछि नेपालगन्ज सुर्खेतबाट बाक्ला मात्रामा सवारी साधन, मालवाहक साधन र पर्यटकहरू भित्रिने गरेका छन् तर पुल निर्माण समयमा नहुँदा जीर्ण बेलिब्रिज पुल जोखिम भएकाले चाडै बनाउन स्थानीयको दबाब छ ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र नेपाल पत्रकार महासंघको टिमले शुक्रबार पुलको अनुगमन गरेका छन् । समन्वय समितिका प्रमुख आचार्यले सो पुलको विषयमा सम्बन्धित निकायमा के भएको र चाँडै काम सुचारु गर्न समन्वय गर्ने बताए । स्थानीय सरोकारवालाले भने पुलको विषयमा चासो बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित