प्रदेशरहित दुई तहको सरकारको बहस, जनमतमा सहभागी हुनुहोस र भोट गर्नुहोस् !

प्रदेशविहीन दुई तहको सरकारसहितको सङ्घीयताको बारेमा अहिले बहस चलिरहेको छ । एउटा सर्वेक्षण गरेको थिएँ । फेसबुक, इमेल, फोन र प्रत्यक्ष भेटघाटबाट सर्वेक्षण फारम भरिएको थियो । सर्वेक्षणमा अहिलेसम्म ७६० जनाले आफ्नो मत जाहेर गरेका छन् र यो क्रम जारी छ । विज्ञ, लेखक, चिन्तक, अभियन्ता, नेता, कार्यकर्ता आदिसँग पनि छलफल, अन्तक्र्रिया, अन्तरवार्तासमेत गरी गुणात्मक सूचना सङ्कलन गरिएको थियो ।

तथ्यमा आधारित रहेर राजनीतिक दलहरूले आफ्ना एजेन्डा तय गरून् र  जनहित र राष्ट्रहितमा समयमै कदम चालून् भन्ने उद्देश्यले यो लेख तयार पारिएको छ । यो सानो अनुसन्धान भएकाले सर्वेका नतिजालाई पूर्णरूपमा सामान्यीकरण गर्न नसकिए पनि वास्तविक अवस्थाको चित्र भने अवश्य देखाउने छ ।

प्रदेश संरचना आवश्यक छ कि छैन भन्ने प्रश्नमा ९१.८ प्रतिशतले आवश्यक छैन भन्नेमा मत जाहेर गरे । आवश्यक छ भन्नेमा ३.८ प्रतिशत र परिमार्जनसहित आवश्यक छ भन्नेमाः ४.४ प्रतिशतको मत आएको छ । त्यस्तै आवश्यक छैन भन्नुका कारणहरूमा बढी खर्चिलो भएकाले भन्नेमा २३ प्रतिशत, भ्रष्टाचार बढेकाले भन्नेमा ५.६ प्रतिशत, सत्ताको खेल मात्रै भएकाले भन्नेमा ८.१ प्रतिशत, सेवा दिन नसकेकाले भन्नेमा ०.६ प्रतिशत, अधिकार कम भएकाले भन्नेमा १.९ प्रतिशत मत देखिएको छ ।

माथिका सबै कारणले भन्नेमा ५८.४ र अन्यकारणमा २.५ प्रतिशत रहेका छन् । यसैगरी स्थानीय तहका सवालमा भने भिन्न नतिजा देखिएको छ । स्थानीय तह खारेज गर्नुपर्छ भन्ने जम्मा १४.३ प्रतिशत रहेका छन् । अहिलेकै स्थानीय सही छ भन्नेमा २५.५ प्रतिशत छन् भने थप अधिकार दिइनुपर्छ भन्नेमा ५८.५ प्रतिशत रहेका छन् । यसको अर्थ स्थानीय तहको सरकार चाहिन्छ भन्नेमा ८४ प्रतिशत रहेको देखिन्छ । स्थानीय तह रहे पनि हुन्छ नरहे पनि हुन्छ भन्नेमा १.७ प्रतिशत देखियो ।

यहाँ विचारणीय कुरा के छ भने सर्वेक्षणमा सहभागीहरूमध्ये धेरैजसो २०६२÷०६३ सालको  जनआन्दोलनमा सहभागी भएका वा भोगेकाहरू थिए । अझ यो आन्दोलनसँग कुनै साइनो नभएका नयाँ युवाहरूमा जाने हो भने त यो प्रतिशत झनै बढ्ने देखिन्छ ।

यसैगरी राजनीति नबुझेका कारण यो सङ्ख्या बढेको हो भन्ने पनि देखिँदैन किनभने सर्वेक्षणका सहभागीहरू धेरैजसो मूल धारका राजनीतिमा प्रत्यक्ष रूपमा जोडिएकाहरू थिए । अब प्रश्न रह्यो खस, आर्य, पहाडियाहरू प्रदेश संरचनाका विरुद्धमा छन् । अरू जनजाति, मधेसी, अल्पसङ्ख्यकहरू छैनन् भन्ने । यसका लागि तलको गुणात्मक अनुसन्धानको तथ्यलाई हेरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित