कालो नागको अण्डा देख्ने मान्छेको भाग्य चम्किने, ॐ लेखी सबैले सेयर गरौ

कालो नागको अन्डा देख्ने मान्छेको भाग्य चम्किने विश्वास गरिन्छ । हाम्रो समाजको मान्यता अनुसार बिभिन्न समयमा पुजा गरि नाग लाइ पुजा गर्ने प्रचलन रहिआएको छ । कालिनाग,सेश्नाग,सेती नाग लगायत अन्य नागहरुलाई परापुर्बक कालदेखि नै दुध पिलाउने चलन निकै राम्रो मानिन्छ।

नागपंचमी लगायत विभिन्न मितिहरुमा पनि नागको पुजा इस्थल निर्माण गरि पुजा आराधना गर्ने गरिन्छ।नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो ।

प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । संस्कृतमा नाग भन्नाले सर्प वा साँप भनेर बुझिन्छ।

हिन्दू मान्यताअनुसार, नाग को वासस्थान पाताललोक (पृथ्वीभन्दा मुनि अवस्थित) भन्दा मुनि जसलाई नाग लोक वा नाग क्षेत्र हो भन्ने मान्यता छ र यो सृष्टिको शक्तिको एक भाग वा केन्द्रको रूप चिनिने गर्दछ । हाम्रो मेरूदण्ड पनि नागकै रूप हो, जसलाई सक्रिय राख्दा जहॉ सबै संवेदना भण्डार गरेको हुन्छ, महसूस गर्न सकिन्छ। यसलाई कुण्डलिनी भनिएको पनि यसैले हो।

कुण्डलिनीमा हाम्रो प्राणको सबै शक्ति निहीत रहेको हुन्छ, जसलाई जगाउने हो भने अद्भूत र असंभव प्रतीत कामहरू पनि सहजै सम्पन्न गर्न सकिने कुरा योगीहरूले बताउने गरेका छन्। परम्पराअनुसार नाग पञ्चमीको दिन नाग वा सर्पको आकृति बनाइ त्यसलाई सजाएर दुधले स्नान वा अभिषेक गर्ने गरिन्छ र कतिपय ठाउँमा सर्पलाइ दुध पनि खुवाने चलन छ। तर, सर्पलाई दुध खुवाने व्यापक विश्वास भने सत्य हाेइन।

सर्प वा नागहरुले कहिल्यै पनि दुध पिउने गर्दैनन्। यिनीहरु सरीसृप प्रजाति भित्र पर्दछन्, यिनीहरु स्तनधारी जीव हैनन्। स्तनधारी जीव नभएका कारण नाग वा सर्पले दुधलाई पचाउने सक्दैनन्, यसको सेवन गर्दा उनीहरुको ज्यान समेत जान सक्छ। नाग पञ्चमीको दिन सर्पले दुध पिएको देखिन्छ, तर यसकाे कारण भने नाग पञ्चमी आउनु केहि महिना अगाडि सपेराहरुको नाग खोज्ने काम तिब्र हुन्छ ।

उनीहरुले सर्पलाइ भेला पारि नाग पञ्चमीको दिन उक्त सर्पलाई प्रदर्शन गरे बापत केहि पैसा लिने गर्दछन्। यी सर्पहरू नाग पञ्चमीको ३० – ४० दिन अघि जंगलबाट समातिन्छ , त्यसपछि उनीहरूलाई धेरै क्रूरतामा पुर्वक राखिने गरिन्छ। साथै उनीहरुलाई केहि खान पिउन नदि एउटा सानो काठको टोकरीमा बन्द गरेर रखिन्छ जसका कारण उनीहरुको जिउमा पानीको मात्र कम भएको हुन्छ र ति सर्पलाई प्रदर्शन गरेका बेला दिइएकाे दुध पिउने गर्दछन्।

यसैगरी, असार र साउन महिनामा सर्प वा नागहरु जमिनबाट निस्कने गर्छन् । साउन महिनामा नाग पञ्चमी भएका कारण सपेराहरुको बिगबिगी हुने गर्दछ, जसका कारण सपेराहरुबाट बच्नका लागि यता र उता भागिरहेका हुन्छन र उनीहरु धेरै थकित र तिर्खाएको कारण सर्प वा नागले दुध पिएको हो। यो बेलामा सर्प वा नागले दुध मात्रै नभएर जुनसुकै तरल पदार्थ पिउने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित