बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको भिडियो समेत छ ।
सो भिडियो अहिले समितिका सदस्यहरुलाई सार्वजनिक गरिएको छ । उनीहरुले सीसीटीभी फुटेज हेरिरहेका छन् । अर्थमन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको १४ जेठको सीसीटीभी फुटेज रिकभर भएको छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन समितिमा पठाएको हो ।
प्रयोगशालाबाट प्राप्त भिडिओ फुटेजहरू आज बिहान बसेको बैठकमा समिति सदस्यहरुले हेरेका थिए । १४ गते रातिको फुटेज भेटिएको तर, उक्त दृष्यमा मन्त्रालयभित्र रहेका मान्छेहरूको पहिचान हुन नसकेको एक सांसदले जानकारी दिए ।
‘रातिको दृष्यमा मान्छेहरूको अनुहार प्रष्ट चिनिएको छैन । यसलाई थप प्रष्ट पार्नका निम्ति हामीले विज्ञहरूसँग बसेर छलफल गर्ने निर्णय लिएका हौं,’ ती सांसदले भने ।
फुटेज भेटिएको तर उक्त दुश्यमा मन्त्रालयभित्र रहेका व्यक्तिहरुको पहिचान हुन नसकेको जनाइएको छ । भने थप प्रष्ट पार्नको लागि समितिले विज्ञहरुसँग मिलेर छलफल गर्ने तयारी गरिरहेको छ ।
नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर संसदीय छानबिन समितिमा बुझाएपछि समिति सदस्यहरुले आज हेरेका थिए । बैठकपछि समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए । यसका लागि ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गर्ने उनले जानकारी दिए ।
उनले पत्रकारसँग भने, ‘फरेन्सिक ल्याबको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन सुरु गरेका छौं । यो विश्लेषणको क्रममा नै छ । प्राविधिक विषय भएकाले फरेन्सिक ल्याबका विज्ञहरुबाटै जानकारी लिनुपर्ने देखियो ।’





















Discussion about this post