सुदूरपश्चिम लोकसेवा आयोगले फेल भएकालाई पास गराएको आरोप

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले वन रक्षकको शारीरिक परीक्षामा बदमासी गरेको आरोप लागेको छ। वन रक्षकको शारीरिक परीक्षा अन्तरगत आवश्यक तौल नै नपुगेका परीक्षार्थीलाई आयोगले उत्तीर्ण गराएको आरोप लागेको हो।

असार १९ गते गौरीगंगा नगरपालिकास्थित वनबेहडामा लिइएको प्रयोगात्मक परीक्षा (शारीरिक परीक्षा) मा वजन नपुगेका परीक्षार्थीलाई उत्तीर्ण गराइएको स्रोतले जानकारी दियो। लोकसेवाले वन रक्षकको तन्दुरुस्ती परीक्षाको नतिजामा क्रमसंख्या ५११९, २६०९३ रोल नम्बर उल्लेख गरिएका पृथ्वीराज बडुवालको तौल (वजन) नपुगेकोमा उनलाई पास गराइएको हो। बडुवालले पिछडिएको क्षेत्रबाट आवेदन दिएका थिए।

उनीसँगै तौल जचाएका एक परीक्षार्थीले भने, ‘तौल जाँचबुझका दिन बडुवाल र म सँगै अगाडि–पछाडि लाइनमा थियौं। बडुवाल म भन्दा पछाडि थिए। मैले तौल जँचाएर पास भए। त्यसपछि बडुवालको पालो आयो। उनको तौल जँचाउने क्रममा ४२ किलोग्राम मात्रै देखियो।’

उनले थपे, ‘त्यहाँ तौल जाँचबुझ गर्ने अधिकारीहरुले उनको छाती र हातमा ४२ किलो तौलसमेत साइनपेनले लेखेका थिए। उनी त्यहीँ बेला फेल भएका थिए। तर, उनलाई फेल गराइएको छैन।’

वन रक्षक हुन पुरुष उम्मेदवारको न्यूनतम उचाई ५ फिट २ इन्च हुनुपर्छ। पुरुष उम्मेदवारको छातीको चौडाई नफुलाउँदा ३१ इन्च र फुलाउँदा ३३ इन्च हुनुपर्छ। यस्तै वजन (तौल) ५० किलो तोकिएको छ। तर, ४२ किलो तौल भएका बडुवाललाई त्यहाँका अधिकारीहरुले बदमासी गरेर त्यपछिका परीक्षाहरुमा समेत सहभागी गराइएको स्रोतको दाबी छ।

स्रोत भन्छ, ‘फेल भएको भोलिपल्ट ती बडुवाललाई रुख चढेको देखे। म अचम्ममा परे। त्योबेला मलाई हप्काउँछन् भनेर म केहीँ नबोलेर चुप बसे।’
कर्मचारीहरुको सेटिङमा उनको तौलमा गडबड गरेर पास गराइएको उनीसँगै तौल जँचाएका परीक्षार्थीको आरोप छ।

शारीरिक तन्दुरुती चेक जाँचपछि दौड, पौडी तथा रुख चढेका परीक्षार्थीहरुले मात्रै लिखित परीक्षामा सहभागी हुन पाइन्छ। तर, बडुवालको नाम लिखित परीक्षा दिन पाउनेको सूचीमा रहेको लोक सेवा आयोग सुदूरपश्चिमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित