पुरूषलाई पनि हुन्छ स्तन क्यान्सर, यस्ता देखिन्छन् लक्षण !

पुरूषलाई पनि स्तन क्यान्सर हुन्छ तर महिलाको दाँजोमा निकै थोरैलाई हुन्छ। अर्थात एक सय जनालाई स्तन क्यान्सर भएमा त्यसमध्ये ९९ जना महिला र एक जना पुरूष हुन्छन्।

पुरूषमा हुने स्तन क्यान्सरका लक्षण धेरै किसिमका हुन्छन्। कहिलेकाहीँ स्तन र काखीमा गिर्खा आउँछ। निप्पलमा रगत आउने या सेतो पानी बग्ने हुन्छ कहिले सुन्निने हुन्छ। सामान्य उपचार गर्दा निको भएन भने स्तन क्यान्सर भयो कि, भनेर शंका गर्नुपर्छ।

पुरूषमा देखिने स्तन क्यान्सर र महिलामा देखिने स्तन क्यान्सरको उपचार एकै खालको हुन्छ। तर पुरूषमा स्तन क्यान्सर भएमा अलि ढिलो थाहा हुन्छ। सुरूआती अवस्थामा भेट्न गाह्रो हुन्छ। किनकि, पुरूषलाई स्तन क्यान्सर हुन्छ भनेर धेरैले सोचेका हुँदैनन्। त्यसैले अफ्ठ्यारो भएपछि मात्रै परीक्षणमा जान्छन्।

विश्वको तथ्याङ्कले सयमा १ जना पुरूषलाई स्तन क्यान्सर हुन्छ भन्छ भने नेपालमा त्यो भन्दा कम छ। मैले ५ वर्षको समयमा ५-७ जनालई स्तन क्यान्सर भएको पाएको छु।

मैले भेटेका धेरै बिरामी मोटा छन् भने कतिपयमा वंशाणुगत समस्या देखिएको छ। पछिल्लो समय पुरूषमा स्तन क्यान्सर हुने क्रम बढ्दै गएको तथ्यांकले देखाएको छ। पुरूषलाई हुने स्तन क्यान्सरको प्रमुख कारण खानपिन र जीवनशैली हो।

स्तन क्यान्सर सुरूकै अवस्थामा पहिचान गरेमा शतप्रतिशत निको हुन्छ। तर ढिलो गरेर चिकित्सककहाँ पुगियो भने यसलाई निको पार्न समय लाग्छ।महिलालाई हुने स्तन क्यान्सरको अवस्था धेरै भयावह छ। पाठेघरको मुखको क्यानसरपछि स्तन क्यान्सरनै सबैभन्दा बढी हुने क्यान्सर हो।

नेपालमा प्रत्येक दिन ३ जना महिलाको स्तन क्यानसरको कारण मृत्यु हुन्छ। यहीँ क्यान्सरलाई पनि सुरूमै पत्ता लगाउने हो भने शतप्रतिशत निको हुन्छ। ढिलो पहिचान भएपछि धेरै मिहिनेत गर्दा पनि बचाउन कठिन हुन्छ।

हामीकहाँ प्रविधि पर्याप्त छ तर परीक्षणका लागि ढिला जाने परम्परा छ। त्यसैले सकेसम्म क्यान्सर हुन नदिने र भएमा पनि बेलैमा उपचार गर्नुपर्छ।पुरूष र महिला दुवैमा हुने क्यान्सर उमेर बढ्दै गएपछि हुने हो।

धेरैजसो पुरूष र महिला दुवैलाई ५० कटेपछि स्तन क्यान्सर हुन्छ। त्यसैले ५० वर्ष उमेर पुगेपछि वर्षमा कम्तिमा एक पटक स्वास्थ्य परीक्षण गर्नु फाइदाजनक छ। समयमै उपचार गरेमा खर्च कम लाग्छ भने समाधान पनि चाँडै हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित