मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेम सम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । शेयर बजार र आर्थिक कारोबारमा समेत मन्दी आउला । मंगलबारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता रमाइलो यात्राको योग रहेको छ । पुराना साथीभाइसित भेटघाट हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । प्रणय सम्बन्ध बढेर जाने समय पनि छ । लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ठाउँमा प्रवेश हुने समय छ । घर जग्गा र भौतिक साधन जुटाउने समय छ । सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । पुँजी बजार तथा शेयर बजारको क्षेत्रमा सफलता मिल्ला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता स्व विवेकको प्रयोगले कार्य सिद्ध हुन सक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । अतिथिको रूपमा सत्कार पाइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता अनावश्यक झमेलामा परिएला । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउनसक्छ । मध्य साताबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वाहन सुख पनि मिल्न सक्छ । अध्ययनमा रुचि जाग्नुका साथै सफल यात्राका योग पनि देखिन्छन् । घरमा अतिथिको आगमन हुनेछ । घरायसी झमेलामा परिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता रमाइलो यात्राको योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो हप्ता कला साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
घर व्यवहारको समस्याले सताउनेछ । विश्वासमा कमी आउन सक्छ, सचेत रहनुहोला । व्यापार व्यवसायमा बाधा आउनेछ । साताको उत्तरार्धबाट मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । सङ्गीतमा रुचि बढ्नेछ । पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइने छ । धार्मिक यात्राको योग छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्राविधिक कार्यमा सफलता पाइनेछ । मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ ।
















Discussion about this post