श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप

राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् ।

दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रहरी अनुसन्धानबाट पहिला श्रीमती र त्यसपछि दुई छोराछोरीको ह’त्या गरेर दिनेशले आत्मह’त्या गरेको खुलेको छ। गोरखाको भीमसेन थापा गाउँपालिकास्थित आश्राङ घर भएका उनीहरुको पदमसालमा एक तले घर थियो भने घर नजिकै चोकमा फेन्सी पसल रहेको थियो ।

स्थानीयवासीका अनुसार श्रीमान–श्रीमतीबीच पहिलेदेखि नै झगडा हुने गरेको थियो । विवादकै क्रममा श्रीमानले घर बेच्न खोजेपछि विवाद उग्र बनेको थियो । घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिइ दिनेशले घर बेच्न १० लाख बैना गरेको खुलेको छ ।

यस्तै सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि खुलेको छ । विवादकै क्रममा माइती पक्षले छोरीलाई बेलायत पठाउने भनेर निर्णय गरेर भिसा पनि आइसकेको पाइएको छ।

बेलायत जाने तयारी हुँदै गर्दा परिवार नै सखाप बन्न पुगेको छ । शवको प्रकृति हेर्दा राति नै घटना भएको जस्तो देखिने प्रहरीको भनाइ छ । घरको कोठाभित्र श्रीमती भूइँमा र छोराछोरी खाटमा मृत फेला परेका थिए । यस्तै श्रीमान पासो लगाएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित