बहिनी–ज्वाइँबीच राम्रो चाहिँ थिएन, तर मारि’हाल्छन् जस्तो लाग्या थिएन : सुनिताका दाजु नेत्र काफ्ले

काठमाडौैको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको पदमसालमा भएको एकै परिवारका ४ जनाको ज्यान गएको घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

उनीहरु ज्यान गएको अवस्थामा फेला परेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ। प्रहरीका अनुसार मृत फेला परेका ४१ वर्षीय गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले लेखेको सुसाइड नोट फेला परेको हो।

तारकेश्वर–२ पदमसाल बस्दै आएकी १३ वर्षीया आशिका पाण्डे नियमितजस्तै सोमबार विद्यालय जानका लागि बस चढ्न नआएपछि स्थानीयले घरमा खबर गरेका थिए। घरमा बोलाउँदासमेत कसैको आवाज नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घरभित्र पसेर हेर्दा गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक ज्यान गएको अवस्थामा फेला परे ।

दिनेशकी श्रीमती सुनितासहित १३ वर्षीय आशिका र ८ वर्षीया आशिककाे शव एउटै कोठामा फेला परेको थियो। आशिक र आशिकाको खाटमा र सुनिताको भुइँमा लडेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

उनी सबैको शरीरमा धारिलो वस्तुले प्रहार गरेको चोट देखिएको छ। दिनेशको शव भने घाँटीमा डोरी (तार)ले कसेको अवस्थामा भेटिएको थियो। प्रहरीले फेला पारेको १० पेजको सुसाइ नोटमा श्रीमतीले आफूमाथि धेरै नै ज्यादति गरेको र श्रीमतीको ज्यादति सहन नसकेर आफूसहित परिवारका सदस्यको हत्या गर्न बाध्य भएको लेखिएको छ।

आफू १२ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा बसेको दिनेशले सुसाइड नोटमा लेखेका छन्। साउदीबाट कमाएको सबै पैसा घरमा श्रीमतीलाई दिएको, तर श्रीमती भने उक्त पैसा माइतीलाई बुझाउने गरेको सुसाइड नोटमा लेखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। घटनास्थलमा पुगेका सुनिताका दाजु नेत्र काफ्लेले बहिनी–ज्वाइँबीच राम्रो चाहिँ थिएन तर मारि’हाल्छन् जस्तो नलागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित