भारतमा कालो पत्थरबाट निर्मित हिन्दू देवता शिवको ऐतिहासिक तथा प्राचिन नटराज रूपको मूर्ति भेटिएको छ। स्थानीय मिडियाका अनुसार पुरानो मानिएको उक्त मूर्ति प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।
यो एकमात्र यस्तो संस्कृति हो, जहाँ हाम्रा देवी–देवताहरूले समेत नाच्नुपर्छ । यदि उनीहरू नाच्न सक्दैनन् भने, ती देवी–देवता हुन सक्दैनन् । यो किन हो भने, सृष्टि–रचनाको घटनालाई दिन सकिने सबैभन्दा नजिकको उपमा भनेको यो एउटा नृत्य जस्तै छ ।
शिवको नटराज रूप मूलतः दक्षिण भारतबाट आएको हो, खासगरी तमिल–नाडुबाट । यो सृष्टिको प्रचुरताको प्रतीक हो । यसले सृष्टिको नृत्यलाई अभिव्यक्त गर्दछ, जसले आफूलाई शाश्वत स्थिरताबाट स्वयं सृजना गरेको थियो ।
चिदम्बरममा स्थित नटराज निकै प्रतीकात्मक छन्, किनकि चिदम्बरम मूल रूपमा सम्पूर्ण स्थिरता वा निश्चलता हो । यस मन्दिरको रूपमा सोही कुरा प्रतिस्थापन गरिएको छ । तपाईं नृत्यलाई बुझ्न सक्नुहुन्न, किनकि तपाईंले जे–जति कुरा बुझ्नुभएको छ ती गलत निष्कर्ष नै हुन् ।
तर, तपाईं कि त नृत्यको सौन्दर्यलाई अनुभव गर्न सक्नुहुन्छ, वा तपाईं स्वयं नृत्य बन्न सक्नुहुन्छ । यदि तपाईंले हेरेरै नृत्यको सुन्दरता अनुभव गर्नुभयो भने, हामी तपाईंलाई जिज्ञासु भन्छौँ, अर्थात् तपाईं जान्न चाहनुहुन्छ । समाजमा तपाईंलाई विभिन्न नामहरूले बोलाइन्छ होला, जस्तै कि वैज्ञानिक, तर तपाईं तबपनि जिज्ञासु नै हो ।
आखिर यो के हो भनेर तपाईं जान्न चाहनुहुन्छ, त्यसैले तपाईं ध्यान दिइरहनु भएको छ । तर, यदि तपाईं स्वयं नृत्य बन्नुभयो भने, तपाईं चैतन्य बन्नुहुन्छ, तपाईं योगी बन्नुहुन्छ । तपाईंसँग यही विकल्प छ ।
यो नृत्य यति अचूक र परिपूर्ण छ कि हामीले नर्तकलाई लगभग बिर्सिएका छौँ । तर, नर्तकबिना कुनै नृत्य हुन सक्दैन । हामीले नर्तकलाई देख्न सकेका छैनौँ, किनकि हाम्रो दृष्टि, हाम्रो बुझाइ, हाम्रो ध्यान केवल सतहमै सीमित रहेको छ । नृत्यमा नर्तकलाई पहिचान गर्न तपाईं त्यस नृत्यमा पूरै डुब्नुपर्छ, जसले गर्दा तपाईं स्वयं नृत्य बन्नुहुनेछ— अर्थात् तपाईं दर्शक रहनुहुन्न, तपाईं स्वयं नृत्य बन्नुहुन्छ ।
तब तपाईंले अनुभवको स्तरमा नर्तकलाई जान्नुहुनेछ । तपाईंमाथि उनको प्रभाव हुनेछ । तर, यदि तपाईं नर्तकलाई पूरै गहिराइमा र उनका विभिन्न आयामहरूमा जान्न चाहनुहुन्छ; नृत्यको स्रोत, जुन सम्पूर्ण घटनाको मूल आधार हो, तपाईं त्यो स्रोत थाहा पाउन चाहनुहुन्छ भने, तपाईंले सम्पूर्ण रूपमा ध्यान दिनुपर्ने हुन्छ— एक प्रकारले नृत्यबाट टाढा रहेर । यी कुराहरू विरोधाभासपूर्ण लाग्न सक्छन् ।
एकतर्फ म भनिरहेको छु कि तपाईं यो नृत्यमा पूरै डुब्नुपर्छ, अर्कोतर्फ म यो पनि भनिरहेको छु कि तपाईंले यो नृत्यलाई अत्यन्तै गहनताका साथ हेर्न सक्नुपर्छ । यी कुराहरू विरोधाभासपूर्ण छैनन् । कुरा यत्ति हो कि जब तपाईं यसलाई खण्डित गरेर हेर्नुहुन्छ, जब यसलाई खण्ड–खण्डमा विभक्त गरेर हेर्नुहुन्छ, तब सबैथोक विरोधाभासपूर्ण देखिन्छन् ।





















Discussion about this post