ताइवानी राष्ट्रपतिले भनिन्, ‘चीनलाई जवाफ दिन तयार छौं’

ताइवान सीमानजिक चीनले गरिरहेको सैन्य अभ्यासको बारेमा बोल्दै ताइवानका राष्ट्रपति ताइ इङ्ग-वेनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रको सुरक्षा कायम गर्न आफूहरु प्रतिबद्ध रहेको बताएकी छन्।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवानबाट नजिकै थुप्रै मात्रामा सैन्य अभ्यास गरिरहेको छ।

सो सैन्य अभ्यासको बारेमा बोल्दै ताइवानकी राष्ट्रपतिले भनिन्, ‘ताइवानले द्वन्द्वलाई बढावा दिंदैन तर आफ्नो सार्वभौमसत्ता र राष्ट्रको रक्षा भने अवश्य गर्नेछ।’

उनले आफ्नो देश र सेनाले चिनियाँ सेनाको कार्यलाई नजिकबाट नियालिरहेको र आवश्यक परेको अवस्थामा जवाफ दिन तयार रहने बताए।

ताइवान सन् १९४९ देखि स्वशासित छ। तर चीन भने ताइवानलाई आफ्नो क्षेत्र भएको दावी गर्छ र ताइवान र चीनको विवादलाई पनि आन्तरिक समस्या मान्छ।

चीनले हालसालै अहिलेसम्मको आफ्नो सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ। सो अभ्यासमा चीनले ताइवान वरपरको समुद्री क्षेत्रमा धेरै मिसाइल प्रहार गरेको छ। तीमध्ये चारवटा मिसाइल ताइवानको राजधानी ताइपेई हुँदै गएका छन् ।

जापानको रक्षा मन्त्रालयले उक्त अभ्यासको निरीक्षण गरिरहेको छ । जापानी रक्षा मन्त्रालयले आफ्नो क्षेत्रतर्फ प्रहार गरिएका नौ क्षेप्यास्त्रमध्ये पाँच आफ्नो विशेष आर्थिक क्षेत्रमा खसेको जनाएको छ। सो कार्यका लागि जापानले चीनको विरोध गरेको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित