साप्ताहिक राशिफल: साउन २१ देखि २७ गतेसम्म कस्तो रहला तपाईको भाग्य

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता सामाजिक कार्यमा सफलता हात लाग्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । बोलीको प्रभाव बढ्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता मन भावुक र उत्ताउलो बन्न सक्छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च बढ्नेछ । मङ्गलवारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता शुभ कार्यमा सरिक भइनेछ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । कृषि कार्यहरू अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता नयाँ र शुभ समाचार सुन्न पाइनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ समेत हुनेछ । मध्य साताबाट बन्न लागेको काम बिग्रन सक्छ । नाक तथा घाँटीमा समस्या आउनेछ, स्वास्थ्य प्रति सजग रहनुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यमा धार्मिक यात्राको योग र योजना बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । खानपिनको विविध परिकार खान पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । शेयर बजारको क्षेत्रमा पनि राम्रो सफलता मिल्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएका अधुरा कामहरूको पुन: योजना बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो हप्ता नयाँ र शुभ कार्यको योजना बन्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला । मनमा दुबिधा पनि उत्पन्न हुनेछ । बुधवारबाट प्रेमीको सहयोग पाइनेछ । प्राविधिक र राजनैतिक कार्यमा सफलता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित