जनै पूर्णिमा लगत्तै लाग्ने भयो पञ्चक, भुलेर पनि नगर्नुहोस् यस्ता कार्य: होला अनिष्ट !

हिन्दु धार्मिक मान्यता अनुसार कुनै पनि शुभ कार्य गर्नु अघि शुभ समय, दिन, मिति आदिको ख्याल राखिन्छ ताकि कार्य बिना बाधा पूरा होस्। ज्योतिष शास्त्रमा पञ्चाङको आधारमा शुभ समयको गणना गरिन्छ। साथै, केही यस्ता मिति र समयहरू छन् जसमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ।

ज्योतिष विज्ञहरुका अनुसार यसमा पञ्चक पनि संलग्न रहेको छ। पञ्चाङका अनुसार नक्षत्रको संयोजनबाट बन्ने विशेष योगलाई पञ्चक भनिन्छ। अर्थात् चन्द्रमा कुम्भ र मीन राशिमा हुने समयलाई पञ्चक भनिन्छ।

यो समयमा अशुभ प्रभावबाट बच्न गर्न नहुने केही विशेष कुराहरु रहेको विश्वास गरिन्छ। यस वर्ष अगस्ट महिनामा पञ्चक कहिलेबाट कहिलेसम्म लाग्दैछ र यस अवधिमा के-कस्ता कामहरू गर्नबाट बच्नुपर्छ भन्ने बारे जानौँ।

पञ्चाङका अनुसार अगस्ट महिनामा पञ्चक जनै पूर्णिमाको भोलिपल्ट शुक्रबार दिउँसो ३:०४ बजेदेखि सुरु हुने छ, जुन अगस्ट १६, मंगलबार राति ९ः२२ बजेसम्म जारी रहनेछ।

पञ्चकमा नगर्नुहोस् यी कार्य:-
धार्मिक मान्यता अनुसार पञ्चक अवधिमा दक्षिण दिशामा यात्रा गर्न, घरमा घाँस वा काठका वस्तु ल्याउने वा निर्माण गराउने, घरको छाना हाल्ने, घर रंगाउने जस्ता कार्यमा कडा निषेध गरिएको छ।

कसरी लाग्छ पञ्चक ?
ज्योतिषशास्त्रका अनुसार चन्द्रमा धनिष्ठ नक्षत्रको तेस्रो चरण र शताभिषा, पूर्वभाद्रपद, उत्तराभाद्रपद र रेवती नक्षत्रको चार चरणमा प्रवेश गर्दा त्यस समयलाई पञ्चक काल भनिन्छ। अर्थात् कुम्भ र मीन राशिमा चन्द्रमाको चालले पञ्चकहरूलाई जन्म दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित