छोरीको प्रेमीलाई भेट्न बोलाएर निर्घाट कुटपिट

दाङ । दाङ राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादवलाई साउन २१ गते उनकी प्रेमीका प्रमिला (परिवर्तित नाम)को फोन आयो । प्रेमिकाले बोलाएपछि मन्साराम साइकल चढेर राती ९ बजे तीन किलोमिटर टाढा केटीको घर राजपुर–३ स्थित बेला पुगे ।

उनी पुग्ने वित्तिकै केही व्यक्ति आएर उनीमाथि कुटपिट गर्न थाले । इलाका प्रहरी कार्यालय गढवाका अनुसार मन्सारालाई निर्घात रुपमा कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगेर टाउको, मुख, खुट्टामा कुटपिट गरे ।

उनीमाथि कुट्ने अरु कोही नभएर किशोरीका बुबा पाटेश्वर यादव थिए । पाटेश्वर मन्साराम पढ्ने स्कूलका शिक्षक पनि हुन् । अनुसार मन्साराम र किशोरी एउटै विद्यालयमा अध्ययनरत छन् ।

शिक्षक पाटेश्वरले आफ्नी छोरी र किशोरबीच प्रेम भएको थाहा पाएपछि छोरीलाई नै फोन गर्न लगाए, भेटन् बोलाए र किशोरलाई निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।

कुटपिटपछि चोरीको आरोप: मन्सारामलाई निर्घात रुपमा कुटपिट गरेपछि नक्कली कागज बनाएको प्रहरीले जनाएको छ । ‘यादवलाई कुटपिट गरेपछि शिक्षक पाटेश्वर यावदले रातीको समयमा चोरी गर्न आएको हुँ भन्ने स्वीकार्न बाध्य बनाइ नक्कली कागज बनाएको पाइयो।’

प्रहरी निरीक्षक केसीले भनिन्, ‘घटनाको प्रकृति हेर्दा योजनाबद्ध ढंगबाट कुटपिट गरेको र चोरी स्वीकार्न लगाएको कागज घटनास्थलबाट पाइएको छ ।’ कागजमा आफू चोरी गर्न आएको आएको र सोक्रममा घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन भनी स्वीकार्न लगाइएको छ ।

पीडित मन्सारमले आफूमाथि कुटपिट भएको भन्दै साउन २३ गते गढवामा जाहेरी दिएका थिए । प्रहरी निरीक्षक केसीका अनुसार मन्सारामलाई कुटपिट गरेको आरोपमा शिक्षक पाटेश्वर यादव र यादवका दाइ धीरबहादुरलाई घटनाको दुइदिन पछि प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटमा संलग्न ३ जना भने अझै फरार रहेको गढवा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित