पंचतन्त्रको मित्रलाभ ग्रन्थमा दानलाइ एकदम महत्वपूर्ण मानिन्छ। यदि कोहि दान गर्न सक्षम छन् भने उसले दान गर्नु पर्छ । ग्रन्थ तथा धार्मिक विश्वासमा हाम्रो जीवन अडेको छ । यसैमा छ जीवन पद्धती । जीवन पद्धती अपनाउनुहोस् ।
धर्मले निर्देश गरेका कुराहरुलाई स्वीकार गर्नुहोस् । यस्तोपनि एकिन गरिएको छ की राशि र योग लिएर जन्मिएका केही ब्यक्तिलाई दान दिनैपर्छ । यसरी दान दिएमा तपाईलाई नै दोब्बर हुन्छ । आउनुहोस जानी राखौ यी चार व्यक्तिलाई कहिले आफ्नो घरबाट खाली हात फर्किन नदिनुहोस।
घरमा आउने जुनसुकै भिखारीलाई खाली हात जान नदिनुहोस्।गरिब, दुखिको सेवा नै नारायणको सेवा गर्नु हो त्यसैले गरिबहरुलाई दरिद्र नारायण भन्ने गरिन्छ।किन्नरलाई ज्योतिषहरुले बुध ग्रहको रुपमा मानिन्छ। साथै यिनीहरुले दिने आशिर्बाद पनि चाडै लाग्ने विश्वास गरिन्छ। त्यसैले घरमा आएको बेला तेस्रो लिंगी अर्थात् किन्नरलाई खाली हात फर्कन दिनु हुदैन।
कोहि अपाङ्गलाइ पनि घरबाट खालि हात जान दिनुहुदैन किनकी यिनीहरुमा शनि राहुको बास हुन्छ। खाली हात पठाएमा शनिको दोष घरमा रहन्छ।कुनै बृद्ध बृद्धालाई घरबाट खाली हात बाहिर पठाउनु हुदैन। उनीहरुको आशिर्बादले गुरुका अशुभ प्रभाव हटाउछ।
यसैगरी धार्मिक अनुष्ठान हो या पूजा पाठ कुनै पनि मांगलिक कार्य हो अथवा देवीको आराधना, सवै शुभ कार्यमा पहिला कुण्डली तथा राशिलाई मिलाउन जरुरी छ । तर के तपाईले कहिले सोच्नु भएको छ की तपार्इ को राशि तथा ग्रह तपार्यको नोकरीमा सफता दिन पनि सक्छ र असफलता दिलाउन पनि सक्छ । खाखिर यस्तो किन हुन्छ ? यसको कारण के हो ? आउनुहोस् थाहा पाउनुहोस् राशिको हल र त्यससँग जोडिएको जागिरको बारेमा ।


















Discussion about this post