बन्दको मौकामा मालिकले नै टिपर जलाउन लगाएकाे खुलासा, बीमाको पैसा असुल्ने दाउ

दाङ । आज एकाबिहानै टिपरमा जलाएको घटनाबारे अनुसन्धान गर्दा टिपरका मालिकले नै जलाउन लगाएको खुलासा भएको छ । बीमाको पैसा असुल्ने लोभका कारण मालिकले नै टिपरका चालक र सहचालकलाई आगजनी गर्न लगाएको खुलेको हो ।

आज बिहान बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बन्दकर्ताले आगजनी गरेको हुनसक्ने आधारमा समाचारहरु बाहिरिएका थिए ।

तर प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर बस्ने टिपर मालिक ४१ वर्षीय धनेश्वर भण्डारीकै निर्देशनमा उक्त घटना गराइएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीय टिपर चालक अरूण चौधरी र २६ वर्षीय सहचालक आकाश चौधरीले मालिककै योजना अनुसार टिपरमा आगजनी गरेका हुन् ।

घटना शंकास्पद देखिएपछि प्रहरीले तत्कालै चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाँदा मालिकले नै जलाउन निर्देशन दिएको खुलेको हो । सो खुलासापछि थप अनुसन्धानका लागि प्रहरीले टिपरका मालिकसहित तीनै जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, उक्त टिपर पुरानाे रहेकाे र मर्मत सम्भारमा धेरै खर्च भइरहेकाे भन्दै मालिकले नै बीमाकाे रकम असुल्ने दाउमा बन्दकाे माैका छाेपेर लगाउन लगाएका रहेछन् ।

साे टिपर मर्मतका लागि ग्यारेजमा राखिएकाेमा अघिल्लाे दिन नै याेजना बमाेजिम झिकेर आज बिहान आगजनी गरेकाे पाइएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित