नक्कली कागज पेस गरेका कारण आर्यन र केकीको नर्वेको भिसा रिजेक्ट

फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटिएको छ ।

नर्वेमा फिल्म ‘तिम्रो नजर’ को छायांकनको लागि पेस गरीएको कागजमा नक्कलि हस्ताक्षर प्रयोग भएको भेटिएपछि प्रहरीको अनुसन्धान ब्युरोले नक्कली कागजपत्र पेस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

साथै लेटरप्याड पनि नक्कलि भएको बुझिएको छ । भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको हो ।

शंका लागेपछि कलाकारसहितको भिसा आवेदन बारे दूतावासले नेपालस्थित पर्यटन बोर्डबाट फोनमार्फत जानकारी लिएको थियो । तर, बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि अनुमति नमागेको बताएको छ ।

नेपाल पर्यटन बोर्डको ३०९-२०७८/७९ पत्र नम्बरमा गत जुलाई २० मा १४ जना कलाकारका लागि भिसा आवेदन पेस भएको थियो । दूतावासले भिसा पनि रिजेक्ट गरेको छ ।

आर्यन र केकीले ‘तिम्रो नजर’ फिल्ममा काम गर्न लागेको हो वा होइन भन्ने विषयमा कुनै पनि जानकारी भने दिएका छैनन् । नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा फिल्मको निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुलीको नाम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित