आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजालहरू छन्। जस अन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजालभित्र जोडिएका छन्।त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।
अधि`कांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।
कतिपय यसको प्रयोगकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढीहरू पनि छन।
उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्। टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।
यसैबीच रोपाइँ संगै रमाइलो गर्दै टिकटक भिडियो बनाउनेको संख्या पनि निकै नै देख्न सकिन्छ । साउन महिना प्रायगरि टिकटकमा रोपाइका भिडियोहरु निकै नै भाइरल हुने गरेका छन । तीनै भिडियोहरु मध्ये केही भिडियो तल राखीएको छ ।





















Discussion about this post