भाद्र ११ गते शनिबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला । अनावश्यक डर, वादविवाद हुन सक्नाले होस पुर्याउनु होला । कुसैसँग झगडा पनि हुन सक्छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
व्यापारमा गरेको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदी बहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । ब्यापार तथा जागीरमा दिन ठिकै छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको पनि नाश हुन दिन छ, पीडा दिनेहरु सक्रिय रहलान् । व्यर्थको खर्च हुनेछ, खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ । नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ । अन्न लाभ पनि होला । आज तपाइको धन लाभको योग छ, पढाइमा प्रगती होला । साथै दिन खुशी साथ बित्ने छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
आफुले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आय आर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलैसँग बन्ने छन् । साथै टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । मन त्यसै शान्त हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्तै हुनेछन् । साथै अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ, रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुनेछ । पठन पाठनमा मन जानेछ । घरायसी काममै दिन जाने देखिन्छ । कमाइ सोचे अनुरुप हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
पढाइमा र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागँर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला । आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ । काममा जोश र जागँर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित