सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । उनी हालको लम्बिनीमा जन्मिए, त्यो अहिले नेपालको भू-भागमा पर्छ । अर्थात गौतम बुद्ध यही धर्तीमा जन्मिए । बुद्धको बारेमा हामीले सुन्दै आएका छौ, उनले राजसी जीवन त्यागेर सन्यासी भए ।
बुद्धत्व प्राप्त गरे । बुद्धको अर्थ बोधिप्राप्त वा अन्तिम सत्यको साक्षतकार गरेको महामानव बुझिन्छ । बुद्ध हुनुअघि उनी सिद्धार्थ गौतम थिए । यहाँ गौतम बुद्धको प्रसंगको कथा प्रस्तुत गरिएको छ । कथा प्रेरणादायी छ, जसबाट जीवनोपयोगी कुरा बुझ्न सकिन्छ ।
बालकको ढुंगा र आँप गौतम बुद्ध कुनै बगैंचामा विश्राम गरिरहेका थिए । तब बच्चाको एक झुन्ड त्यहाँ आए । आँप फलेको थियो । उनीहरुले आँपको रुपमा ढुंगा प्रहार गरे ।
रुखबाट पाकेको आँप झर्यो । एवं रितले उनीहरु ढुंगा बर्साउदै आँप झार्न थाले । यसै क्रममा एउटा ढुंगा बुद्धको खुट्टामा बज्रन आइपुग्यो । ढुंगाको प्रहारले बुद्धको खुट्टामा घाउ भयो । रगत बग्न थाल्यो ।
बुद्धको यस्तो अवस्था देखेर त्यहाँ उपस्थित बच्चाहरु डराए, भयाभित भए । बच्चाहरुले माफी मागे, ‘हामीबाट ठूलो गल्ती भयो । हाम्रै कारण तपाईको खुट्टामा ढुंगा लाग्यो र घाउ भयो । हाम्रो कारणले तपाई दुखी हुनुभयो ।’
बुद्धले उदेग मान्दै जवाफ दिए, ‘वास्तवमा म दुखी छु । कारण के भने, तिमीहरुले रुखमा ढुंगा हान्यौं, त्यसले तिमीहरुलाई मिठो आँप दियो । तर, मलाई ढुंगा लाग्यो, मैले केवल तिमीहरुलाई डर, त्रास दिएँ । फल दिन सकिन ।’





















Discussion about this post