भाद्र १८ देखि २४ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता मन खिन्न हुने स्थिति आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । कार्य सम्पादनमा पनि समस्या आउला । सोमबारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग पनि देखिन्छ । शुभ कार्यमा सहभागी भइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । पुनर्मिलनको विशेष योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्ताव पनि आउन सक्छ । मध्य सातबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको मनमा दुबिधा उत्पन्न हुनेछ । सुरुका दिनमा महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सोमबारबाट भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आँटेको र ताकेको कार्य पुरा होला । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । वैदेशिक कामहरू पूरा हुनेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो हप्ता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा सफलता पनि प्राप्त हुनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । साताको अन्त्यमा स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । चुनौतीको सामना गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो शिक्षामा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ । मनमा उत्साह र उमङ्ग छाउनेछ । पुनर्मिलनको योग रहेको छ । लाभदायक यात्रा पनि हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता अल्छि गर्नाले समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । साताको अन्त्यमा दान पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेमसम्बन्ध बढेर जानेछ । शेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरो काम पूरा हुनसक्छ । मित्रसँग भेटघाट हुने योग छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्च समेत बढ्ने योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता शुभ समाचार सुन्न पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो हप्ता मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित