परिक्षा प्रकाशित भयो, कर्णाली प्रदेशकै पहिलो भए तर रिजल्ट हेर्न बेलामा उनी अस्ताइसकेका थिए

मिति २०७९/०२/२७ गते जाजरकोट नागरिकता बनाउन जाने क्रममा जिप दुर्घटनामा परी ज्यान गुमाएका विधार्थी देव दर्शन सिंहले भर्खरै प्रकाशित कक्षा १२ को नतिजामा उषा बालबाटिकाबाट कर्णाली प्रदेशमै विज्ञान संकाय (जीव विज्ञान समूह) तर्फ उत्कृष्ट GPA ३.७० ल्याई कर्णाली प्रदेशमै प्रथम बनेका छन् ।

उक्त दुर्घटनामा ज्यान गुमाउने बिद्यार्थी देबदर्शन सिंह र देवदर्शन कि आमा सहित अन्य रहेका थिए । लगभग ३ बर्ष देखि यता कोरोना महामारीका कारण विद्यार्थीहरूको पठन पाठन अस्त व्यस्त हुँदा बाध्यात्मक परिस्थितिले गर्दा ३ बर्ष देखि नै कक्षा १२ को बोर्ड परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र राखी सम्पन्न भएका थिए।

तर कोरोनाको प्रभाव कम भए संगै यो वर्ष भने कक्षा १२ को बोर्ड परीक्षा, परीक्षा केन्द्र कायम गरी मर्यादित र व्यवस्थित ढंगले सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

शुक्रबार मात्र उक्त परीक्षाको परीक्षाफल प्रकाशित भयो जसमा पहिलो पटक प्रकाशित कक्षा १२ काे नतिजामा यस कर्णाली प्रदेशकै एक मात्र पुरानो र पहिलो संस्थागत विद्यालय उषाबालवाटिका मा.वि ले ३ जना A+ सहित विज्ञान संकायमा ३.७१ (बिक्रान्त जंग बुढा) र

३.७० (देव दर्शन) GPA ल्याई कर्णाली प्रदेशमै क्रमश प्रथम र द्वितीय हुन सफल भएको छ भने साथै छात्रा तर्फ पनि यस कर्णाली प्रदेशमै विज्ञान संकायमा छात्रा तर्फ ३.६७ GPA ल्याई दीपा चपाइ प्रथम हुन सफल भएकी हुन भने ३.५८ GPA ल्याई जानकी बुढा द्वितीय भएकी हुन ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित