चीनमा गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प जाँदा अन्य केही घाइते भएका छन् ।
भूकम्पले सञ्चारसम्पर्क विच्छेद हुनुका साथै पहाडमा पहिरो गएको छ । गएको हप्ता सिचुआनको राजधानी चेङ्डुकाका झण्डै २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।
भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २ सय २६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।
सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको ज्यान गएको छ । भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।





















Discussion about this post