अहिलेका डाक्टरहरू अप्रेशन गर्न ठिक्क पारिएका बिरामीसँग पैसा बार्गेनिङ गर्छन् : शशांक काेइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिले धेरै डाक्टरहरूमा चरित्र नभएकाे टिप्पणी गर्नुभएकाे छ । बिहीवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

आफूले धेरै डाक्टरलाई अध्यापन गराएको उल्लेख गर्दै नेता काेइरालाले अहिले धेरैजसाे डाक्टर अप्रेशन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेशन गर्छु भन्ने किसिमका रहेका भन्दै दुःख व्यक्त गर्नुभयो ।

उहाँले आफूलाई पीडा हुँदा पनि अरूको सेवा गर्नु नै डाक्टरी पेसा भएकोले फलको आश नगरि सेवा गरेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘जीवन भनेको प्रयत्न हो, फलको चिन्ता गर्नु हुँदैन, प्रयत्न गरिराख्ने हो । मैले धेरै डाक्टरलाई पढाएँ ।

१६ वर्ष कटिसकेको डाक्टरको चरित्रमा परिवर्तन गर्न नसकिने रहेछ । राम्रो डाक्टर बनाएँ । तर उनीहरू के गर्छन् भने– बिरामीलाई टेलबमा राखेपछि भन्छन्, तिम्रो पेट म चिर्छु तर तिमीले ६० हजार रुपैयाँ मलाई दिनुपर्छ भन्छन् ।

त्यस्तो डाक्टर बनाएँ, डाक्टर राम्रा तर चरित्र नभएका ।’ कार्यक्रममा वीपी साहित्य सम्मान एवम् वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित