सन्दीपका बुवा भन्छन्- छोरालाई फसाउन षड्यन्त्र गरिएको पनि हुनसक्छ

नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने अहिले चर्चा र विवादमा तानिएका छन् । उनलाई एक नाबालिगले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा उनीबारे विभिन्न खाले समाचार आइरहेका छन् ।

१७ वर्षीया किशोरीले मंगलबार गौशाला प्रहरीमा जाहेरी दिएपछि सन्दीपको परिवार पनि यतिबेला तनावमा छन्। उनका बुवाआमा छाँगाबाट ल्हासेजस्तो महसुस गरेको बताएका छन् ।

बुवाआमा नियमित समयमा सुतिसकेका थिए । बिहानको समाचारमा छोराको यस्तो खबर आएपछि उनीहरू तनावमा परेका थिए । बिहानमात्रै उनीहरुले छोराको खबर थाहा पाएको बताएका छन् ।

एक अनलाइनसँग कुरा गर्दै सन्दीपका बुवा चन्द्रनारायण टेलिभिजनमा समाचार हेरेर छोराको खबर थाहा पाउँदा छाँगाबाट खसेजस्तै भएको बताएका छन् ।

सन्दीपका बुवाले उनको चालचलन निकै राम्रो भएकाले यो खबर पत्याउन गाह्रो भएको बताएका छन् । हाल चितवनमा बस्दै आएका उनका बुवा सन्दीपले छोराको हिसाबले सबै जिम्मेवारी पुरा गरिरहेको बताएका छन् ।

संदीपका बुवाका अनुसार बाहिर आएको घटनामा उनीहरूले पत्याउन सकेका छैनन् । बुवाआमाले यो षड्यन्त्र मात्रै भएको समेत आशंका गरेका छन् । छोरालाई फसाउन षड्यन्त्र गरिएको हो कि भन्ने उनको आशंका छ । बन्द प्रशिक्षणमा भएको वेला यो घटना भएको भनिएकाले पत्याउन नसकेको उनले बताएका छन्।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित